आईसीसी टी–२० विश्वकपको भारत र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ।
युगानाको नेशनल स्टेडियममा सवा ८ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन।
नवौं संस्करणको उपाधिका लागि यो खेलको विजेताले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
आजै बिहान भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।
वर्षाका कारण दोस्रो सेमिफाइनल रद्द भए भारत फाइनलमा पुग्नेछ।
1.7k
Shares
प्रतिक्रिया