ad ad

खेल


पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते?

पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते?

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५१, काठमाडौँ

पेरिस ओलम्पिकको पदक तालिकामा जापान ७ स्वर्णसहित शीर्ष स्थानमा छ।

तर, अमेरिकाले सबैभन्दा बढी २६ पदक जितेको छ। अमेरिकाले ४ स्वर्ण, ११ रजत र ११ कास्य पदक जितेको हो। 

तर, कम स्वर्ण पदकका कारण अमेरिका पदक तालिकामा छैटौँ स्थानमा छ।

फ्रान्सले कुल १८ पदक जितेको छ। जसमा ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक छन्। 

चीन १४ पदकसहित पदक तालिकामा दोस्रो स्थानमा छ। चीनले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको हो। 

ग्रेट ब्रिटेन १२ पदकसहित सातौँ स्थानमा छ। बेलायतले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको हो। 

यस्तै भारतले अहिलेसम्म २ पदक मात्र जितेको छ। 

नेपालले भने कुनै पदक जित्न सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .