घरेलु मैदानमा सुरु काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहिबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको हो।
श्रीलंकाविरुद्धको एकपक्षीय खेलमा नेपालले २५–१९, २५–१८ र २५–१९ ले सहजै हरायो।
जितसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सोझो सेटमा नै हराएको थियो।
श्रीलंकाविरुद्धको खेलबाट न्यु डायमण्ड भलिबल क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मी र त्रिभुवन आर्मी भलिबल क्लबकी स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेका छन्।
लिग चरणको दोस्रो खेलमा नेपालले शनिबार भारतविरुद्ध खेल्नेछ।
आजै हुने दोस्रो खेलमा भारत र इरान भिड्नेछन्। सो खेल साँझ पौने ६ बजे सुरु हुनेछ।
648
Shares
प्रतिक्रिया