ad ad

खेल


तीन महिना पछाडि धकेलियो फिफा यू–१७ महिला विश्वकप

तीन महिना पछाडि धकेलियो फिफा यू–१७ महिला विश्वकप

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ९:२७,

फिफा अन्डर १७ महिला विश्वकप फुटबल ३ महिना पछाडि धकेलिएको छ।

कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सन् २०२१ को फेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको हो।

प्रतियोगिता यसअघि यही नोभेम्बर २ देखि २१ सम्म भारतका विभिन्न ५ सहरमा हुने तय थियो। भारतले अहमदाबाद, भुवनेश्वर, गुवाहाटी, कोलकाता र नाभी मुम्बरीमा प्रतियोगिता गर्ने तयारी गरेको थियो। गुवाहाटीमा उद्घाटन र नाभी मुम्बरीमा समापन गर्ने गरि भारतले तयारी गरेको थियो।

यस्तै फिफाले अन्डर २० महिला विश्वकपको नयाँ मिति पनि सार्वजनिक गरेको छ। अन्डर २० महिला विश्वकप आगामी जनवरी २० देखि फेब्रअरी ६ सम्म हुनेछ। कोष्टारिका र पानामामा हुने प्रतियोगिता यसअघि सेप्टेम्बर अगष्टका लागि तय थियो।

यही सेप्टेम्बरमा लिथुनियामा हुने तय भएको फिफा फुटसल विश्वकप सेप्टेम्बर १२ देखि अक्टोबर ३ सम्मका लागि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .