ad ad

खेल


बेलायतमा साढे २ महिनापछि पुनः खेलकुद गतिविधि सुरु हुँदै

बेलायतमा साढे २ महिनापछि पुनः खेलकुद गतिविधि सुरु हुँदै

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:३१,

कोरोना सक्रमणको त्रासपछि बेलायतमा बन्द रहेको खेलकुद गतिविधि सोमबारबाट सुरु गर्न सरकारले अनुमति दिएको छ। बेलायत सरकारले कोरोनाका कारण बन्द गतिविधि सोमबारबाट सुरु गर्ने निर्णय गरेको हो।

खेल गतिविधि सञ्चालन गर्न बेलायत सरकारले ३ चरणको विकल्पसहितको अनुमति दिएको हो। पहिलो चरणमा खेल गतिविधि सुरु गर्दा सामाजिक दूरी कायम गरी बन्द रगंशालामा गर्नुपर्नेछ। सरकारको यो निर्णयसँगै गत मार्चको मध्यदेखि बन्द रहेको खेल गतिविधि साढे २ महिनापछि सुरु हुन लागेको हो। यो निर्णयसँगै प्रिमियर लिगसहितका अन्य घरेलु प्रतियोगिता पनि सुर हुनेछ।

अब फुटबल, टेनिस, घोडा दौड, क्रिकेट, गल्फ, रग्वी, स्नुकर लगायतका खेलहरु छिट्टै स्क्रिनमा फर्किने विश्वास गरिएको छ।

यसैबीच प्रिमियर लिगमा हालसम्म ३ हजार ८ सय ८२ जनाको कोरोना परिक्षण गर्दा १२ जनामा पोजेटिभ देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .