ad ad

खेल


भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा ऐरले जिते स्वर्णपदक

भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा ऐरले जिते स्वर्णपदक

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ७:९,

भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा लक्ष्मणबहादुर ऐरले स्वर्णपदक जितेका छन्।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा बिहीबार राति सुरु भएको च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनिको समूहमा स्वर्ण जितेका हुन्।

लक्ष्मणले ६.७३ अंक ल्याउँदै स्वर्ण जितेका हुन्। च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गरिएको थियो।

‘अलि ठूलो ठाउँ चाहिने भएकाले बैठक कोठा खाली गरेर मिलाएको थिएँ’, नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक समेत रहेका स्वर्ण विजेता लक्ष्मणले नेपालखबरसँग भने, ‘मैले यसअघिको च्याम्पियनसिपमा योभन्दा राम्रो गर्दा पनि मेडन हान्न सकिन तर योपटक खुसी लागेको छ।’

अघिल्लो महिना भएको अनलाइन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियन्सिपमा लक्ष्मण पदकविहीन भएका थिए। त्यहाँ भिडियो खिचेर पठाउनुपर्ने थियो।

यस्तै ४० वर्षमुनिमा रेशमाया गुरुङले कास्य पदक जितेकी छिन्। ४० वर्षमुनि धनगढीका आशिष चन्द र ३० वर्षमुनि सुनसरीका विवेक राईले पनि प्रतिस्पर्धा गरेका थिए।

च्याम्पियनसिपमा सहभागी ६ खेलाडीमध्ये २ जनाको प्रतिस्पर्धा शुक्रबार बेलुका रहेको छ। च्याम्पियनसिपमा नेपालका अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। एशियाली स्तरबाट खड्का एक्ला निर्णायक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .