ad ad

खेल


फुटबलका जादुगर रोनाल्डिन्हो पाँच महिनापछि पाराग्वेको हिरासतबाट छुटे

फुटबलका जादुगर रोनाल्डिन्हो पाँच महिनापछि पाराग्वेको हिरासतबाट छुटे

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ६:२२,

नक्कली पासपोर्टको माध्यमबाट ब्राजिलबाट पाराग्वे पुगेका रोनाल्डिन्होलाई गत मार्च महिनामा प्रहरीले उनी बस्ने होटलबाटै पक्राउ गरेको थियो।

विश्वकप विजेता साथै बालुन डि’ओर उपाधि हात पारेका स्टार फुटबलर रोनाल्डिन्होलाई प्रहरीले पक्राउ गरेपछि विश्वभरका उनका समर्थक दुखी बनेका थिए।

रोनाल्डिन्होसँगै उनका भाईपनि सोही कसुरमा एक महिनासम्म जेल बस्नु परेको थियो। त्यसपछि भने दुवैलाई होटलमा नजरबन्दमा राखिएको थियो।

रोनाल्डिन्होले पाराग्वेमा आउँदा प्रायोजकले जस्तो पासपोर्ट दियो सोही पासपोर्ट आफूले बोकेको र यस विषयमा आफूलाई केही थाहा नभएको अदालतमा प्रतिक्रिया दिएका थिए।

Ronaldinho retires – a World Cup and Ballon d'Or among Brazil ...

हाल दुवैलाई छाडिएको छ। यद्यपी उनीहरुले २ लाख अमेरिकी डलर जरिवाना भने तिर्नुपर्ने बताइएको छ।

रोनाल्डिन्होले बार्सिलोनालाई एक च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २००२ मा विश्वकप उपाधि जितेका रोनाल्डिन्होले पीएसजी र इन्टर मिलानजस्ता प्रतिष्ठित क्लबबाट समेत खेलेका थिए।

रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन पाराग्वेको जेलमै मनाएका थिए। उनले त्यहाँ अन्य कैदीसँग फुटबल समेत खेलेको भिडियो भाइरल बनेको थियो।

रोनाल्डिन्होको खेल कौशल निकै अद्भूत थियो। खेल विश्लेषकहरु उनलाई फुटबलका जादुगर नै भन्न रुचाउँछन्। बीबीसी

यो पनिः रोनाल्डिन्होको पतन पछाडिको कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .