स्पेनका पाब्लो कारेनो बुस्टासँग चौथों राउण्डको खेलमा ६–५ ले पछाडि रहेको स्थितीमा निराश जोकोभिचले बललाई अन्जानमा बाहिर फ्याँक्न खोजेका थिए।
तर उक्त बलले लाइन जजलाई लागेको थियो। प्रतियोगिताका अधिकारीहरुले लामो बहसपछि जोकोभिचलाई अयोग्य घोषित गरेका हुन्।
युनाइटेड स्टेट्स टेनिस एसोसियसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ग्र्यान्डस्लामको नियमपुस्तिका अनुसार उनलाई जानीजानी कसैलाई बलले हानेका कारण तथा कोर्टभित्र लापरबाहीपूर्वक खेल्नुको परिणामलाई गम्भीरतापूर्वक नलिएका कारण यूएस ओपनका रेफ्रीले यूएस ओपन–२०२० का लागि अयोग्य घोषित गरिदिएको हो।’
(भिडियो)
जोकोभिचले चौथो चरणमा प्रवेश गरेसँगै २ लाख ५० हजार अमेरिकी डलर पुरस्कारमार्फत पाउने भएका थिए।
यूएस टेनिससंघका अनुसार जोकोभिचले प्रतियोगिताबाट प्राप्त गरेको वरियता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ।
यस घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको प्रतिक्रिया दिएका छन्।
उपाधिका दाबेदार मानिएका जोकोभिच प्रतियोगिताबाट बाहिरिएपछि अब ग्रान्डस्लामले नयाँ पुरुष बिजेता पाउनेछ। बीबीसी
प्रतिक्रिया