विलफ्रेड जाहाले दोहोरो गोल गरेपछि क्रिस्टल प्यालेसले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर यूनाइटेडलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा प्यालेसले यूनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
सातौं मिनेटमा एन्ड्रोस टाउनसेन्डले प्यालेसलाई अग्रता दिलाएका थिए।
७४औं मिनेटमा जाहाले प्यालेसको अग्रता दोब्बर बनाए।
८०औं मिनेटमा डोनी भान डी बिकले यूनाइटेडका लागि एक गोल फर्काएका थिए।
त्यसको ५ मिनेटपछि पेनाल्टीमार्फत दोस्रो गोल गर्दै जाहाले प्यालेसलाई जित दिलाए।
प्रतिक्रिया