ad ad

खेल


आइपीएलमा चेन्नाइको विजयी सुरुवात

आइपीएलमा चेन्नाइको विजयी सुरुवात

नेपालखबर
असोज ३, २०७७ शनिबार १८:५३,

मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहदै ५५ रन जोडे।

मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डया र राहुल चाहरले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

मुम्बईका सौरभ तिवारीले ४२क्विनटन डी ककले ३३, केइरन पोलार्डले १८ रन जोडे।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट तथा रबिन्द्र जडेजा र दिपक चाहरले २-२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .