ad ad

खेल


चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

नेपालखबर
असोज ५, २०७७ सोमबार ३:८,

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

नयाँ सिजनमा दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले लन्डन क्लब चेल्सीलाई २-० गाेल अन्तरले हराएकाे हाे।

आइतबार राति भएकाे खेलमा लिभरपुलको जितमा दुवै गोल फरवार्ड साडियो मानेले गरे। निकै प्रचिस्पर्धात्मक बनेको पहिलो खेलमा दुवै टोलीले गोेल गर्न सकेनन्। पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड खाँदै बाहिरिए पछि चेल्सी १० खेलाडीमा सिमित बनेको बनेको थियो।

दोस्रो हाफको ५०औं मिनेटमा मानेले गोल गर्दै टोलीलाइ अग्रता दिलाएक थिए। त्यसको ३ मिनेटपछि नै मानेले अग्रता दोब्बर पार्दै जित निश्चित पारे।

गएराति नै भएकाे अर्को खेलमा ब्राइटन एन्ड होभ एल्बियनले न्यु क्यासल युनाइटेडलाइ ३–० ले पराजित गरेकाे छ। अर्को खेलमा लेस्टर सिटीले बर्नलीलाइ ४–२ ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .