ad ad

खेल


इटालियन सिरी ‘ए’ मा डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजय सुरुवात

इटालियन सिरी ‘ए’ मा डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजय सुरुवात

नेपालखबर
असोज ५, २०७७ सोमबार ३:१५,

डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजय सुरुवात गरेको छ।

आइतबार राति भएको खेलमा युभेन्टस्ले साम्पडोरियालाइ ३–० को फराकिलो अन्तले हराउँदै सहज जित हात पारेको हो।

एलिएन्ज एरिना टुरिनमा भएको खेलमा युभेन्टसका लागि डिजान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले गोल गरे। पहिलो हाफमा १ गोल गरेको युभेन्ट्स्ले दोस्रो हाफमा २ गोल थप्यो। खेलको १३औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए।

युभेन्टसले खेलको ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्यो। वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाएपनि रिबाउन्डमा आएको बललाइ लियोनार्दो बोनुचीले जाली चुमाएकम थिए। खेलको ८८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल ३–० को स्थितीमा पुर्याएका थिए।

युभेन्टस्को जितसँगै नयाँ प्रशिक्षक आन्द्रे पिरोले पनि सिरि ए मा सुखद सुरुवात गरेका हुन्।

गएराति नै भएको खेलमा नेपोलीले पार्मालाइ २–० ले तथा काग्लियरीले ससुस्लोले १–१ को बराबरी गर्दा जियोनाले कोटोनलाइ ४–० को फराकिलो अन्तरमा पराजित गर्‍याे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .