थपिएको समयमा निर्णायक गोल गर्दै बायर्न म्युनिखले बिहिबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै सुपर कपको उपाधि जितेको छ।
२०२० मा बायर्नले जितको यो चौथो उपाधि हो। १५ हजार दर्शक सामु बायर्नले उपाधि उचालेको हो।
१३ औं मिनेटमा लुकास ओकम्पोसले पेनाल्टी गोलमार्फत गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए।
लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा बायर्नबाट बराबरी गोल फर्काए।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंग्गिएपनि अतिरिक्त समयमा जाभियर मार्टिनेजले निर्णायक गोल गरेका थिए।
3
Shares
प्रतिक्रिया