लियोनल मेस्सीले एक गोल गर्नुका साथै एक गोलमा सहायकको भूमिका खेलेपछि च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले यूभेन्ट्सलाई २–० गोलअन्तरले पराजित गरेको छ।
यूभेन्ट्सको घरेलु मैदानमा भएको खेलको मेस्सीको पासमा १४ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
यस्तै इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत बार्सिलोनाका लागि दोस्रो गोल गरे।
यूभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो भने कोरोनाभाइरसको संक्रमणका कारण खेलमा उपस्थित थिएनन। गत अक्टोम्बर १३ मा संक्रमण पुष्टि भएपछि दोस्रो टेस्ट गर्दासमेत उनमा पोजिटिभ नै देखिएको थियो।
जितसँगै समूह जीमा बार्सिलोना ६ अंकसहित शीर्षमा छ। ३ अंक रहेको यूभेन्ट्स दोस्रो र एक एक अंक रहेका डाइनामो किभ र फेरेनकोभारसी तेस्रो र चौथो स्थानमा छन।
प्रतिक्रिया