नेपालले पाएको १ दिवसीय क्रिकेटको मान्यता १ वर्ष थपिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपालको एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको बताएका हुन्।
कोरोना भाइरसको महामारीको कारण आइसीसीले १ वर्षको अवधि लम्बाएको हो।
नेपालले अब सन् २०२३ को मार्चसम्म एक दिवसीय मान्यता पाएको छ। नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो। नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेलेको थियो।
यस्तै क्यानले आफू मातहत रहेको मैदानलाई स्तरोन्नती गर्न लागिरहेको उनले बताए।
मार्चमा हुने त्रिकोणात्मक सिरिज अगाडि नै नेपाली राष्ट्रिय टोलीले प्रशिक्षक पाउने चन्दले बताए। नोभेम्बरको अन्त्यसम्म वा डिसेम्बरको सुरुवातमा नयाँ प्रशिक्षक नियुक्ती गरिसक्ने चन्दले बताए।
क्यानको जारी वार्षिक साधारण सभामा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनीति निर्माण, जिल्ला तथा प्रादेशिक संघको निर्माण, संघ पदाधिकारी र कर्मचारीको कोड अफ कन्डक्ट निर्माण, फ्रेन्चाइजी क्रिकेट, एन्टिकरप्सन, एन्टी डोपिङ्ग लगायतका विषयहरु समेटिका छन्।
प्रतिक्रिया