ad ad

खेल


च्याम्पियन्स लिगमा रियलको खराब प्रदर्शनपछि संकटमा जिदान

च्याम्पियन्स लिगमा रियलको खराब प्रदर्शनपछि संकटमा जिदान

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १६:१९,

युरोपेली च्याम्पियन्स लिगमा एकपछि अर्को खराब प्रदर्शनपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान संकटमा परेका छन्।

मंगलबारको खेलमा रियल युक्रेनी क्लब साख्तर दोनेस्कसँग २–० ले पराजित भएको थियो। यससँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलको प्रवेश कठिन बनेको छ।

रियलले च्याम्पियन्स लिगमा पाँचमध्ये तीन खेल हारिसकेको छ। ७ अंक जोडेको रियल समूहको तेस्रो स्थानमा छ।

यद्यपि जिदानले राजीनामा नदिने बताए।

‘म राजीनामा दिने छैन। अहाँ दिँदै दिन्नँ,’ खेलपछि जिदानले भने।

उनले एक खेल अझै बाँकी रहेकाले आफू आशावादी रहेको बताए।

घरेलु लालिगामा पनि जिदानको टोलीको प्रदर्शन उत्कृष्ट देखिएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .