नपाली कांग्रेस संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिन निर्देशन दिनु सरकारको निरंकुशता एवं अनैतिक कार्य भएको जनाएको छ।
पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति प्रकाशित गरी ‘सरकारलाई यस्ता गैरजिम्मेवार र अलोकतान्त्रिक कार्यहरु नगर्न र नगराउन चेतावनी’ दिएका छन्।
सो घटनामा प्रहरीद्वारा लाठीचार्ज हुँदा करिब आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएका खाणले जनाएका छन्।
बुधबार नेता पौडेलले तनहुँको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपाका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो।
त्यस क्रममा प्रहरीले नेता पौडेल र कांग्रेस तनहुँका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई नियन्त्रणमा लिएको थियो।
3
Shares
प्रतिक्रिया