ad ad

खेल


स्विस प्रशिक्षक पावेलले नेपाली टेबलटेनिस खेलाडीका लागि ३२ लाख सहयोग गर्ने

स्विस प्रशिक्षक पावेलले नेपाली टेबलटेनिस खेलाडीका लागि ३२ लाख सहयोग गर्ने

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:४१,

स्विट्जरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपाली टेबलटेनिस खेलाडीका लागि ३२ लाख रुपैयाँबराबरको सहयोग गर्ने भएका छन्।

पावेलले एभीएम स्कुलका टेबलटेनिस खेलाडीका लागि सो रकम प्रदान गर्नलागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी दिए।

पावेलले हालै स्काफहौसर प्राइज फर डेभलपमेन्ट कर्पोरेसन २०२० पुरस्कार जितेका थिए।

यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासमा गरेको योगदानको मूल्यांकनको आधारमा प्रदान गरिन्छ।

सो पुरस्कारबाट प्राप्त हुने २५ हजार स्विस फ्रान्क (३२ लाख) नेपालको टेबलटेनिस खेलको विकासको लागि हो।

उनले एभीएम स्कुलका खेलाडीका लागि चौथो पटक सहयोग गर्न लागेका हुन्।

सो रकम एभीएममा टेबलटेनिस हल निर्माणमा खर्च गरिनेछ। हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाइलेट, जिमहल, इन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाइटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो।

यसका लागि सम्पूर्ण डिजाइनहरु तयार भइसकेको र अर्को हप्तादेखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए।

पावेलले नेपाल भ्रमणका क्रममा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण पनि दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .