सो क्रममा रोनाल्डोले मेस्सी आफ्नो प्रतिद्वन्द्वी कहिल्यै नभएको पनि बताएका छन्।
उनले मेस्सीसँग आफ्नो सम्बन्ध सँधै सुमधुर भएको पनि बताएको स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ।
मेस्सी र रोनाल्डो को उत्कृष्ट फुटबलर हुन् भनेर सँधै समर्थकबीच विवाद हुने गर्दछ। रोनाल्डो रियल मड्रिडमै हुँदा मेस्सी र रोनाल्डोबीच दुश्मनी नै भएको चर्चा चल्थ्यो।
दुई एकै लिगका स्टार फुटबलरबीच सँधै सर्वाधिक गोलकर्ता बन्ने र लिग जित्ने होडबाजी चल्थ्यो।
रोनाल्डो मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताउँदै भन्छन्,‘मैले मेस्सीलाई प्रतिद्वन्द्वीको रूपमा कहिले देखिन। उनी आफ्नो टोलीमा राम्रो गर्न कोशिस गर्छन् भने म आफ्नो टोलीको लागि राम्रो गर्न कोशिस गर्छु। हामीबीच सँधै राम्रो सम्बन्ध छ। फुटबलले हामीबीच दुश्मनी खोज्यो।’
प्रतिक्रिया