शनिबार सम्पन्न साधारणसभाले शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित निर्वाचित गरेको हो।
अध्यक्षका लागि शेर्पासहित विप्लव घोष आकांक्षी थिए। तर अन्तिम अवस्थामा घोषले नाम फिर्ता लिएपछि शेर्पा सर्वसम्मत भएका हुन्।
यस्तै संघको उपाध्यक्षका लागि भएको भोटमा नविन घिमिरे विजयी भए। नवीनले उपाध्यक्ष पदका अर्का आकांक्षी सुनिल कार्कीलाई ५ मतले पराजित गरेका थिए। घिमिरेले १२ मत पाउँदा कार्कीले ७ मत पाए।
त्यसबाहेक सचिवमा मनोज कटुवाल र कोषाध्यक्षमा बिरु श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन्।
सदस्यहरुमा अनुप ढुंगाना, मन बहादुर राई, प्रदिपराज पाण्डे, नारद नेपाल, गणेश खतिवडा, अजय राजवंशी, टिकाराम पुरी, सचिन आनन्द सुब्बा र सुमेश कुमार हलुवाई छन्।
3
Shares
प्रतिक्रिया