ad ad

खेल


तीनदेशीय फुटबल प्रतियोगिताको सबै तयारी पूरा, आज साँझ साढे ५ बजे उद्घाटन

तीनदेशीय फुटबल प्रतियोगिताको सबै तयारी पूरा, आज साँझ साढे ५ बजे उद्घाटन

नेपालखबर
चैत १०, २०७७ मंगलबार ५:५१,

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि तीनदेशीय फुटबल प्रतियोगिता हुँदै छ।

नेपालसहित किर्गिस्तान र बंगलादेश सम्मिलित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ।

साँझ साढे ५ बजे युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

कोरोना महामारी संक्रमणको खतरा देखिएकोले प्रतियोगिता अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी व्यवस्थाअनुसार तापक्रम नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था गरिएको राईले बताए।

प्रतियोगिता १६ गतेसम्म चल्नेछ। प्रतियोगिताका लागि किर्गिस्तान र बंगलादेशका फुटबल टोली नेपाल आइसकेका छन्।

प्रतियोगिता जित्ने टोलीले ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले ३ हजार डलर पाउनेछ।

मोस्ट भ्यालुएबल प्लेयरलाई ५ सय डलर र म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा बगंलादेश र किर्गिस्तान खेल्नेछन्। दोस्रो खेलमा २५ मार्चमा किर्गिस्तानले नेपालसँग खेल्नेछ।

तेस्रो खेलमा २७ मार्चमा नेपालले बगंलादेशसँग खेल्नेछ। मार्च २९ मा फाइनल खेल हुनेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीले २०१५ पछि दशरथ रगंशालामा कुनै खेल खेल्न पाएको छैन। नेपालले पछिल्लो समय दशरथ रगंशालामा भारतसँग खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .