नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को क्रिकेट प्रतियोगिताको सजिलो समूहमा परेको छ।
मलेसियामा ३० जुन देखी १० जुलाई सम्म हुने प्रतियोगिताको विजेताले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता देशहरु सम्मेलित यू–१९ विश्वकप खेल्नेछ।
एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल, सिंगापुर, म्यानमार र चीन रहेका छन्। यी देशहरु नेपालभन्दा तुलनात्मक रुपमा निकै कमजोर मानिन्छन्।
यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन्। उनीहरु भन्दा पनि नेपाल तुलनात्मक रुपमा बलियो टोली हो।
नेपालले पहिलो खेल जुलाई २ मा किनारा ओभल मैदानमा म्यानमारसँग छ। त्यस्तै ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा चीनसँग नेपालले प्रतिस्पर्धा गर्ने छ।
दुबै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा ९ जुलाईका लागि तय गरिएको छ।
प्रतियोगिताका लागि नेपालले छिट्टै टोली घोषणा गर्नेछ। विनोद दासको प्रशिक्षकत्वमा रहेको नेपाली टोलीको कप्तानमा रोहितकुमार पौडेल छन्। यसअघि भएको यू–१९ विश्वकप छनोटका लागि सिनियर टोलीका समेत सदस्य रहेका रोहितलाई टोलीको कप्तानी दिएको थियो।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू–१९ एसिया कपमा सहभागिता जनाउनेछ। २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म चल्ने यू–विश्वकपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
Shares
प्रतिक्रिया