स्पेनिस ला लिगाको उपाधि दाबेदार दुई टोली क्याटलान क्लब बार्सिलोना र एथलेटिको मड्रिडले अंक बाँडेका छन्।
शनिबार राति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै एथलेटिको उपाधि होडमा धक्का लाग्दा रियल मड्रिडले यसको फाइदा उठाउन सक्नेछ।
बराबरीसँगै शीर्ष स्थानमा रहेको एथलेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ। दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक छ। एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।
खेलमा बार्सिलोनाले ५९ प्रतिशत बल पकड जमाए पनि फिनिसिङमा चुक्दा जित हासिल गर्न सकेन।
गएराति नै भएको अर्को खेलमा अल्भास र लेभान्ते तथा एथलेटिको विल्वाओ र ओसासुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। अर्को खेलमा काडिजले हुयस्कालाई २–१ ले पराजित गर्याे।
प्रतिक्रिया