ad ad

खेल


नेपाल भर्सेस भुटान(प्रत्यक्ष प्रशारण)

नेपाल भर्सेस भुटान(प्रत्यक्ष प्रशारण)

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ६:३४,

दक्षिण एसियाली फुटबल(साफ) यू-१५ फुटबल च्याम्पियन्ससिप अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा नेपालले अहिले भुटानको सामना गर्दैछ। 

भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा जारी खेलमा भुटानलाई पराजित गर्न सके नेपालको फाइनल प्रवेश लगभग पक्का बन्नेछ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। 

अंकतालिकामा भारत ९ अंकसहित शीर्ष स्थानमा छ। बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडका आधारमा नेपाल दोस्रो स्थानमा छ। 

भुटान भने सबै खेलमा पराजित हुँदै पुछारमा रहेकाले नेपालले सहजै जित हात पार्दै फाइनलमा पुग्ने आशा गरिएको छ। 

नेपाल पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको थियो। त्यसपछि पूनरागमन गर्दै दोस्रो खेलमा श्रीलंकालाई २-० र तेस्रो खेलमा बंगलादेशलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।

लाइभ हेर्नुहोस् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .