ad ad

खेल


जिम्बाबेविरुद्ध नेपाललाई सुरुवाति सफलाता(लाईभ)

जिम्बाबेविरुद्ध नेपाललाई सुरुवाति सफलाता(लाईभ)

नेपालखबर
असोज १४, २०७६ मंगलबार १२:०,

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टेष्ट टोली जिम्बावेविरुद्ध सुरुवाति सफलता हात पारेको छ।

टसमा जितेर फिल्डिङ रोजेको नेपालले ६ ओभर सकिदा जिम्बाबेको ३ विकेट झारेको छ। जिम्बाबेले ६ ओभरमा ४३ रन जोडेको छ। 

नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिएका हुन्।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो। नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो।

त्रिकोणात्मक सिरिजमा पहिलो चरणको ३ खेल सकिदा नेपाल शीर्ष स्थानमा छ। तीन टोलीको समान २ अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्षमा जिम्बाबे दोस्रोमा र सिंगापुर पुछारमा छ।

लाइभ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .