हङकङसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
हङकङमा आयोजित खेल बिहान ११:१५ बजे सुरु हुनेछ।
त्रिकोणात्मक शृंखला खेल्न नेपाली टोली बिहीबारदेखि हङकङमा छ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुँदै छ।
त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ।
यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान) , कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।
207
Shares
प्रतिक्रिया