हङकङसँग जारी मैत्रीपूर्ण खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।
नेपाली टोलीका आरिफ शेखले हङकङको पहिलो विकेट लिएका हुन्।
यस क्रममा २.२ ओभर बलिङ गर्दै शेखले पहिलो विकेट लिएका हुन्।
शेखले आफ्नो दोस्रो ओभर बलिङ गर्दै निजाकात खानको विकेट लिएका हुन्।
शेखको बलिङमा सन्दीप जोराले क्याच लिएपछि १६ रन बनाएर खेलिरहेको हङकङले पहिलो विकेट गुमाएको हो।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुँदै छ।
त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको हो।
हङकङमा नेपाली समयानुसार बिहान ११:१५ बजेदेखि खेल भइरहेको हो।
टस जितेको नेपालले हङकङविरुद्ध फिल्डिङ गरिरहेको छ।
492
Shares
प्रतिक्रिया