हङकङमा जारी नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी-२० क्रिकेट पानी परेपछि रोकिएको छ।
पाँचौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। नेपालले एक विकेटको क्षतिमा ३४ रन बनाएको छ।
करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिएका हुन्। केसीले गुल्सन झाको हातबाट कोट्जीलाई क्याचआउट गराए।
प्रतिक्रिया