ad ad

खेल


धनगढी एफसीको ब्रान्ड एम्बास्डर बनेपछि मिस पवीले भनिन्- कहिले दशरथ रंगशाला जाऊँ जस्तो भइसक्यो

धनगढी एफसीको ब्रान्ड एम्बास्डर बनेपछि मिस पवीले भनिन्- कहिले दशरथ रंगशाला जाऊँ जस्तो भइसक्यो

मिस पवी


नेपालखबर
असोज २०, २०८० शनिबार १०:१५, काठमाडौँ

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं नियुक्त गरेको छ। 

धनगढी एफसीका सीईओ सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार मिस पवी यस सिजनको एनएसएलका लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन्।

धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन्। 

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन्।

नेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु। कहिले दशरथ रंगशालामा खेल होला र हेर्न जाउँला भनेर आतुर भइसकेँ, उनले भनिन्, पहिलो सिजनमा सबैको अपार माया, साथ, समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो। यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ। धनगढीले अझै राम्रो फुटबल पस्किँदै दर्शकहरुलाईं मनोरञ्जित पार्ने विश्वास छ।

धनगढी एफसीका सीईओ केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डर बनाउन पाउँदा खुसी लागेको बताए।

सुदूरपश्चिमबाट उदाउँदै लोकप्रिय राष्ट्रिय कलाकार समेत रहनुभएकी मिस पवीलाई धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा पाउँदा हामी अत्यन्तै हर्षित छौँ, केसीले भने, उहाँको आगमनले टोलीमा नयाँ उर्जा थपिएको छ। उहाँलाई धनगढी एफसी परिवारमा स्वागत गर्न चाहान्छु।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौँको दशरथ रंगशालामा हुँदै छ। 

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी छन्। आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज युनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ। 

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगन्ज युनाइटेडसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .