दार्चुला र कैलालीमा गाडी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिका–५ तिम्लामा म १ ज २३३ नम्बरको बोलेर जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे।
मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–६ का दिनेशसिंह धामी छन्।
मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडतर्फ गइरहेको जिप बिहीबार बेलुका तिम्लामा दुर्घटना हुँदा अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
‘जिपमा ५ जना सवार थिए, चालक सामान्य घाइते छन्, अन्य तीन यात्रु पनि घाइते भएका छन्,’ उनले भने, ‘एक जनाको मृत्यु भएको छ।’
जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढीबाट घोराहीतर्फ गइरहेकोे से १ त ३५०३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालामा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षीय हरीप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
Shares
प्रतिक्रिया