ad ad

सुदूरपश्चिम


आरक्ष पीडितको समस्या चाँडै टुंगो लगाइन्छ : मन्त्री साउद

आरक्ष पीडितको समस्या चाँडै टुंगो लगाइन्छ : मन्त्री साउद

नेपालखबर
बैशाख १७, २०८० आइतबार ११:२७, कञ्चनपुर

परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका आरक्ष पीडितको समस्या चाँडै समाधान हुने प्रतिबद्धतता व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले आवासका लागि भूमि र आर्थिक व्यवस्थापन गरेर चाँडै आरक्ष पीडितको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

‘आरक्ष पीडितको लगत तयार भएको छ, केही छटपुट भए पनि एक हजार ४८० जनाको लगत संकलन गर्ने काम भएको छ’, उनले भने, ‘पीडितलाई आवासका लागि भूमि र आर्थिक व्यवस्थापन गरेर यो समस्या टुंग्याइन्छ।’ 

मन्त्रिमण्डल विस्तारसँगै उच्च प्राथमिकता दिएर आरक्ष पीडितको समस्या समाधान गर्न पहल गर्ने मन्त्री साउदले विश्वास व्यक्त गरेका थिए।

‘मन्त्रीमण्डल पूर्णता पाउने चरणमा छ, वनमन्त्री नियुक्त भएपछि आरक्ष पीडितको समस्यालाई उच्च प्राथमिकतामा राखेर समाधान गर्न पहल गर्छु’, उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको मन्त्री साउदले उल्लेख गरे। सीमा विवाद वार्ताका माध्यमबाट हल गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .