यार्सागुम्बा संकलन गर्न गएकी एक महिला हिम पहिरोमा परी बेपत्ता भएकी छन्।
सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्। केही दिन अगाडि छोरासहित उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएकी थिइन।
हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले जानकारी दिए। प्रहरीले भने घटनाबारे जानकारी संकलन गर्ने प्रयास भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले घटनाका बारेमा जानकारी संकलन गर्ने प्रयास भइरहेकाले अहिले नै घटनाको पुष्टि गर्न नसकिने बताए।
सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीबाट टोली परिचालित गरिएको समेत उनले बताए।
30
Shares
प्रतिक्रिया