ad ad

सुदूरपश्चिम


दार्चुला हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव सदरमुकाम ल्याइँदै

वर्षा र हिमपातले बेपत्ता २ जनाको खोजीमा समस्या
दार्चुला हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव सदरमुकाम ल्याइँदै

फाइल तस्बिर : घटनास्थल


नेपालखबर
बैशाख २१, २०८० बिहिबार ११:४२, दार्चुला

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। 

मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए। कमला र प्रविण आमा छोरा हुन्। 

‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’, उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए। ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ’, उनले भने। सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ। 

हिमपहिरोमा परी अझै दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा छन्। ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतीक्षामा छौँ’, डीएसपी भट्टले भने, ‘झण्डै फाँच फिटजति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।’ सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गरिरहेको छ। तर खोजीमा हिमपात र वर्षा बाधक बनेका छन्। 

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्ने गरेका त्रिपाल हिउँले पुरिएका थिए। दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगियो। उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको छ। हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जान सशस्त्र प्रहरीले रोक लगाएको छ। सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए। जेठ अन्तिम सातासम्म बर्सेनि यार्सागुम्बा सङ्कलन गर्ने गरिन्छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .