ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा हाइसले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते

कञ्चनपुरमा हाइसले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते

नेपालखबर
बैशाख २३, २०८० शनिबार १९:४१, काठमाडौँ

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडामा हाइसले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन्।

शनिबार पूर्वबाट पश्चिमतर्फ आइरहेको सु.प.प्र.०२-००१ प ००१ नम्बरको हाइसले पूर्वतर्फ गइरहेको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिएको हो।

हाइसको ठक्करले स्कुटर चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार घाइतेको टाउको गम्भिर चोट लागेको छ। उनलाई उपचारका लागि अहिले महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। 

घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .