ad ad

सुदूरपश्चिम


दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला

दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला

फाइल तस्बिर : घटनास्थल


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ६:५३, काठमाडौँ

दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ। 

पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए। यसअघि बेपत्ता पाँच जनामध्ये तीनजनाको शव फेला परिसकेको छ। “अझै एकजना बेपत्ता छन्, उनको खोजी जारी छ”, उनले भने। 

हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो। डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन्। पाँचैजना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए। दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनि सर्वसाधारण यहाँ आउने गरेका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .