नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार मंगलबार साँझ ५ बजे मतदान हुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए। ओलीले सर्वसम्मत तरिकाले प्रदेश कमिटी बनाउन निर्देशन दिएका थिए।
सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना तथा कञ्चनपुरका वचनबहादुर सिंहको दाबी छ। अहिलेसम्म उनीहरूबीच सहमति भएको छैन।
सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। निर्वाचन प्रक्रियासँगै नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास पनि जारी रहेको छ।
81
Shares
प्रतिक्रिया