बागमती प्रदेश सभाको बैठकबाट २ वटा विधेयक पारित भएको छ।
सोमबार (आज) बसेको प्रदेश सभा बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारितका लागि सभामा प्रस्तुत गरेका थिए।
सभामुख भुवनकुमार पाठकले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सभाबाट सर्वसम्मत पारित भएको हो।
आइतबारको बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका थिए।
यसैगरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले संसदमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबारको प्रदेशसभा बैठकमा पारितका लागि प्रस्ताव सभामा पेश गरेका थिए।
विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो।
यसअघि सोमबार नै बसेको पहिलो बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिकी ज्येष्ठ सदस्य यांकिला शेर्पाले समितिको प्रतिवेदनसहितको विधेयक सभामा पेस गरेकी थिइन्।
Shares
प्रतिक्रिया