नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागि उम्मेदवारी दर्ताको समय सकिएको छ।
५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिवमा ४ जना र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्।
निर्वाचन कमिटीका अनुसार अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।
सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बमको उम्मेदवारी परेको छ। उपसचिव (महिला)तर्फ भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन्।
उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लवराज भट्टले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ।
उम्मेदवारी फिर्ता लिने समय भने अझै बाँकी छ। समझदारीका लागि अधिकतम प्रयास जारी नै राखेको नेताहरुले बताएका छन्।
Shares
प्रतिक्रिया