ad ad

अटो


टीभीएस अपाचे रेसकाे प्रारम्भिक चरणको छनौट प्रतियोगिता सम्पन्न

टीभीएस अपाचे रेसकाे प्रारम्भिक चरणको छनौट प्रतियोगिता सम्पन्न

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ७:१,

नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगिता सम्पन्न भएको छ।

यस छनौट चरण पार गर्न सफल भएका २५ जना टीभीएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउने भएका छन् । टीभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले बताए।

“हामी हाम्रो टीभीएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो’, उनले भने, ‘रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरुको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं।’

अत्यधिक माइलेजका साथ अत्यन्त सुरक्षित प्रविधिले सुसज्जित अपाचे टीभीएस अपाचे आरआर ३१० र २०० ४भि दुवै रेसको लागि सर्वोत्कृष्ट साबित भइसकेको छ । र नेपाल मा पनि यो बाइकले धेरै बाइकप्रेमीहरुमाझ आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेको छ ।

टीभीएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा सम्मिलित गराउने लक्ष्यका साथसंचालन गरिएको यस टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना अन्तर्गत सहभागी हुन चाहनेले टीभीएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनु पर्ने शर्त राखिएको थियो, जसमा टेस्ट राइड गर्नेहरुको संख्या अत्याधिक रहेको थियो । जसमध्ये यस छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ र छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरु २५ जनाको नाम घोषणा गरिनेछ ।

छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिनेछ । यसरी छनौट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका टीभीएस अपाचे बाइक राइडरहरुले यही मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउनेछन् ।

छनौट चरणको रेस एकान्तकुना जावलाखेलमा अवस्थित सुजुकी ड्राइभिङ्ग स्कूलको मैदानमा विहान १० बजेदेखि संचालन हुनेछ । यो रेस हेर्न सबैलाई खुला निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .