भरतपुरमा सुत्केरी बेथा लागेकाले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क यातायात र एम्बुलेन्स खर्च दिने बजेट कार्यक्रममा उल्लेख छ।
महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिँदै आएको निशुल्क ओपिडी टिकट अनुदान, सम्पूर्ण किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको अभियान सञ्चालन, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क यातायात र एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमलाई निरन्तरता लगायत स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७ करोड बजेट विनियोजन गरिएको बजेट कार्यक्रममा उल्लेख छ।
21
Shares
प्रतिक्रिया