साउन महिनासँगै गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ।
रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन्।
गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्व अन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ।
यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शरीरिक रोग पूर्ण रूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भबाट गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन्।
साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले महत्वकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ।
धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्छ। हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामेवार लगाइदिएका कारण भिरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टङ्कप्रसाद ढकालले बताए।
यस वर्षको जनैपूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ।
साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ।
Shares
प्रतिक्रिया