ad ad

बागमती


काभ्रेमा कोरोना संक्रमण बढ्दै

काभ्रेमा कोरोना संक्रमण बढ्दै

नेपालखबर
साउन ८, २०७९ आइतबार १२:३४, काभ्रे

काभ्रेमा दैनिक कोरोना सङ्क्रमण दर बढिरहेको पाइएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ। १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाईंले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ।

यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक जना सङ्क्रमित छन्। हाल जिल्लामा कूल ४२ जनामा कोरोना सङ्क्रमण रहेको हो। करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ। यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .