ad ad

बागमती


काठमाडौंमा हराएको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौंमा हराएको मोटरसाइकलसहित एक जना पक्राउ

नेपालखबर
साउन १०, २०७९ मंगलबार ८:४९, काठमाडौँ

नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा८३प ९२८१ नंको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा८४प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको जानकारी दिए। 

उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ। पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .