काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेशनल हस्पिटललाई २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको छ।
महानगरले नर्भिक हस्पिटललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएका संरचना हटाउन पत्र पठाएको हो।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले लिजमा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले नगर प्रमुखको आदेशअनुसार २४ घण्टाभित्र हटाउन सूचना जारी गरेको छ।
२४ घण्टाभित्र नियमविपरीतका संरचना नहटाए कारबाही गरिने उल्लेख गरेको छ।
921
Shares
प्रतिक्रिया