भरतपुर महानगरकी मेयर रेणु दाहालले महानगरभित्रका समस्याहरु आफ्नै व्यक्तिगत जस्तो लाग्न थालेको धारणा राखेकी छन्।
सोमबार अखिल (क्रान्तिकारी), केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले यस्तो धारणा राखेकी हुन्।
कार्यक्रममा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले कृषि परिषदका लागी विद्यार्थीहरुको संघर्षमा आफ्नो संगठन साथै रहने प्रतिबद्धता व्यक्त गरिन्।
महासचिव दिपेश पुन सहित उपाध्यक्ष मदन भट्टराई, केशव रावल, नेताहरु सुरजसिंह ठकुरी, अशोक देवकोटा लगायतले ३ महिने विद्यार्थी अभियान र यसका उदेश्य केन्द्रित प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयबाट अध्ययन पुरा गरेका प्राविधिक विद्यार्थीहरुलाई विविध प्रमाणपत्र सहित बिदाइ गरेको गरेको विद्यार्थी नेता विकास कोइरालाले जानकारी दिए।
Shares
प्रतिक्रिया