ad ad

बागमती


काठमाडौं नगर प्रहरी प्रमुखबाट हटाइए धनपति, पाण्डेले सम्हाले कार्यभार

काठमाडौं नगर प्रहरी प्रमुखबाट हटाइए धनपति, पाण्डेले सम्हाले कार्यभार

नेपालखबर
भदौ ६, २०७९ सोमबार ९:५३, काठमाडौँ

काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन्। भदौ २ गतेको निर्णयअनुसार उनले हिजो (भदौ ५ गतेबाट) पदबहाली गरेका हुन्।

नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो।

पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई बिफिङ गरेका थिए। 

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो। 

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नती भएको हो। त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .