काठमाडौं महानगरपालिकाले दसैँका लागि ५५८ जना स्वयंसेवकहरु सिटामोल र जीवनजल वितरणका लागि ब्यवस्ता मिलाएको छ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले नजिकको सेवकमार्फत सिटामोल र जीवनजल लिनसक्ने जानकारी गराएका छन्।
दशैं बिदाका लागि विशेष व्यवस्था गरिएको जानकारी गराउँदै मेयर शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ। नजिक को स्वास्थ स्वयं सेवकमार्फत तपाईं हरुले सिटामोल र जिवनजल प्राप्त गर्न सक्नु हुनेछ।’
२४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाईएको उनले जानकारी गराएका छन्। साथै, ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिनसक्ने जानकारी मेयर शाहले गराएका छन्।
त्यस्तै, हटलाइन सेवा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने उनले बताएका छन्।
36
Shares
प्रतिक्रिया