बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन्।
आज नियुक्त भएका मन्त्रीहरुले आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।
राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए।
48
Shares
प्रतिक्रिया