ad ad

बागमती


काठमाडौंका स्कूल र वडाहरूमा क्रिकेट नेटको व्यवस्था गर्दैछौं : मेयर शाह

काठमाडौंका स्कूल र वडाहरूमा क्रिकेट नेटको व्यवस्था गर्दैछौं : मेयर शाह

नेपालखबर
भदौ २९, २०८० शुक्रबार २०:५६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले केही स्कुल र वडाहरूमा क्रिकेट नेट राख्ने तयारी अघि बढाएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने दायीत्व अनुरूप सो व्यवस्था गर्न लागिएको जानकारी गराएका छन्। 

काठमाडौंबाट राष्ट्रिय टोलीमा तीनजना मात्र खेलाडी निस्किएको उल्लेख गर्दै मेयर शाहले खेल्ने वातावरण नभएर त्यस्तो भएको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका छन्। 

बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा नेट राख्ने व्यवस्था गर्न लागिएको मेयर शाहले जानकारी गराएका छन्। 

गत भदौ १५ गते बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका पारस खड्कासँगको छलफलपछिको तस्बिर सेयर गर्दै मेयर शाहले क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आईसीसी लेभल-क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको शाहले बताएका छन्।

‘यस्ता कार्यक्रममार्फत् युवाहृलाई अुनशासन, टिम वर्क र नेतृत्व शल विकास गर्ने ठाउँ दिने ,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने छ,’ मेयर शाहले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .