मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र उनको ४ महिनाको नाबालिका छोरीको घटनास्थलमानै मृत्यु मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
मोटरसाइकल चालक रुपाका श्रीमान ३५ वर्षका भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन्।
सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नंबरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ।
घाइते स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ।
324
Shares
प्रतिक्रिया